×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथाः चारदिने महाअनुष्ठानको पर्व छठ सम्पन्न, गोलभेंडाखेतीमा कीटनाशक औषधि छर्कदै किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथाः चारदिने महाअनुष्ठानको पर्व छठ सम्पन्न, गोलभेंडाखेतीमा कीटनाशक औषधि छर्कदै किसान

Artha Sarokar

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चारदिने महाअनुष्ठानको पर्व छठ बिहीबार बिहान सूर्य देवतालाई अर्घ दिएपछि सम्पन्नदेखि गोलभेंडाखेतीमा कीटनाशक औषधि छर्कदै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

चारदिने महाअनुष्ठानको पर्व छठ बिहीबार बिहान सूर्य देवतालाई अर्घ दिएपछि सम्पन्न । बुधबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका बर्तालुले बिहीबार बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । यो सँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड अब सकिएको छ ।

घोराही-१३, सुकीखोलामा गरिएको गोलभेंडाखेतीमा कीटनाशक औषधि छर्किदै किसान ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित मन्सापुरमा बाँसको चोयाबाट टोकरी बनाउदै डोम समुदायका व्यक्ति । छठ पर्वमा बाँसबाट बनाइएको टोकरी प्रयोग गर्ने गर्दछ ।

पर्यटकीय क्षेत्र लमजुङको घले गाउँबाट एका बिहानै देखिएको सूर्योदयको दृश्य ।

भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडा बनाउँदै गरेको तस्बिर लिँदै विदेशी पर्यटक । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि भक्तपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११, काभ्रे भन्ज्याङबाट देखिएको लाङटाङ हिमाल ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी