×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथाः च्याउ खेतीमा रमाउँदै स्याङ्जाका एक युवक, क्षतिग्रस्त मन्दिर पुनःनिर्माण गरिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथाः च्याउ खेतीमा रमाउँदै स्याङ्जाका एक युवक, क्षतिग्रस्त मन्दिर पुनःनिर्माण गरिँदै

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।आजको अंकमा हामीले व्यावसायिक रुपमा सिताके च्याउ खेती गर्दै गरेका स्याङ्जाका एक युवकदेखि भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर पुनःनिर्माण हुँदैसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

स्याङ्जाको वालिङ नगरपालिका -२ धौखोलाका युवा हरि अर्यालले व्यावसायिक रुपमा सिताके च्याउ खेती गर्न तयारी अवस्थामा राखेको मुढा ।

पुनःनिर्माण हुँदै गरेको पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणले ढिलै भएपनि गति लिएको छ ।

बन्दिपुर गाउँपालिका–५ थुम्काबाट धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित आँधीमूल जाने मोटरमार्ग निर्माण गरिँदै । गाउँपालिकाले चार लाख बजेट विनियोजन गरेपछि स्थानीय युवाको सक्रियतामा सोलभञ्ज्याङ हुँदै थुम्का, भुजेल गाउँ हुँदै आँधीमूलसम्मको करिब दुई किलोमिटर मोटरमार्गको ट्र्याक खोल्ने कार्य शुरु गरिएको हो ।

सोलुदूधकुण्ड नपा, सल्लेरी नयाँ बजारमा घुम्न आएका विदेशी पर्यटक ।

स्याङ्जाको वालिङ नगरपालिका-२ धौखोलास्थित बारी पाक्दै गरेको कोदोबाली ।

घले गाउँमा परम्परागत वेशभूषामा गुरुङ समुदायका महिला । पृष्ठभूमिमा लमजुङ हिमाल ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा हावाबाट बिजुली निकाल्न राखिएको मिनिग्रीड । यहाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैङ्कको सहयोगमा २० किलोवाटको वायु ऊर्जा उत्पादनका लागि मिनिग्रीड स्थापना गरेको हो । तर प्राविधिक समस्या आइरहँदा वायु ऊर्जा उत्पादन भने नियमित हुन सकिरहेको छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी