Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथाः धुलाम्य सडकमा यात्रा गर्दै सर्वसाधारण, बिक्रीका लागि राखिएको नाङ्लो खरिद गर्दै महिला

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ , जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सडक धुलाम्य हुँदा यात्रा गर्दा सास्ती बेहोर्दै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँका सर्वसाधारणदेखि  बिक्रीका लागि राखिएको नाङ्लो खरिद गर्दै गरेका महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित धुलाम्य सडकमा यात्रा गर्दै सर्वसाधारण । लामो समयदेखि सडक धुलाम्य हुँदा सर्वसाधारणले यात्रा गर्दा सास्ती बेहोर्दै आएका छन् ।

तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा बिक्रीका लागि राखिएको नाङ्लो खरिद गर्दै सर्वसाधारण ।

गुल्मीको इस्मा गाउँपालिका -३ दर्लामचौरमा थ्रेसर मेसिनको सहयोगमा धान केलाउँदै । अहिले गाउँगाउँमाआधुनिक कृषि औजारको प्रयोग बढेसँगै किसानलाई सहज भएको छ ।

धान बाली भित्र्याएपछि बाँकेका थारु समुदायका किसानहरु आफ्नो पहिचान झल्कने भेषभुषा लगाएर नाचगान गर्दै ।

तनहुँको व्यास नगरपालिका-३ देउरालीनगरमा सोमबार बिक्रीका लागि राखिएको हँसिया खरिद गर्दै सर्वसाधारण । हरिबोधनी एकादशी पर्वको अवसरमा यहाँ मेला लागेको छ ।

महेन्द्र देउरालीनगरमा सोमबार बिक्रीका लागि राखिएको भकारी खरिद गर्दै सर्वसाधारण ।

जुम्लाको पातारासी गाउँपालिका -६ स्थित डि।जी जडिबुटी तथा फलफूल नर्सरी उद्योगमा कलमी गरेको स्याउका बिरुवा । स्याउ, नास्पाती, आरु र दाँते ओखरका बिरुवा बेचेर राम्रो आम्दानी भएको नर्सरी उद्योग सञ्चालक दलबहादुर महतारा बताउनुहुन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK