काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ , जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चिसो मौसम सुरु भएसँगै सिरक र डसना बनाउँदै मजदुरदेखि बिक्रीको लागि प्याजको बिरुवा उखेल्दै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
चिसो मौसम सुरु भएसँगै सिरक र डसना बनाउँदै मजदुर । उनीहरुले गाउँगाउँ पुगेर पुराना कपडालाई मेसिनमा पेलेर सिरक र डसना बनाउने गरेका छन् ।
बैतडीको श्रीकोटका किसान बिक्री गर्न प्याजको बिरुवा उखेल्दै ।
व्यास नगरपालिका कार्यालय परिसरमा कोरोनाविरुद्ध खोप लगाउन लाइनमा बसेका नागरिक ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ तार्कुडाँडाका किसान च्याउ विक्रीका लागि तयार गर्दै । १६ कृषक मिलेर सामूहिक च्याउखेती सुरु गरेका छन् ।
काभ्रेपलाञ्चोकको कोशीपारि चौँरीदेउराली गाउँपालिका वडा नं -५, काजीथुक्कास्थित भ्यू टावरबाट देखिएको भुम्लु गाउँपालिकाको चौबासडाँडा र पृष्ठभूमिमा हिमाल ।
व्यास नगरपालिकाको कार्यालय परिसरमा किसानलाई वितरण गर्न राखिएको आलुको बीउ । व्यास नगरपालिकाका किसानलाई करिब ३२ टन आलुको बीउ वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
तनहुँको दमौलीमा नाङ्लो बिक्री गर्न ग्राहकको प्रतिक्षामा बसेका बन्दीपुर गाउँपालिका-५ याम्पाका वृद्ध । उहाँले आफैंले नाङ्लो बनाएर बिक्री गर्दै आउनुभएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्