×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : स्थानीयका घरमा जनगणनाको विवरण संकलन गर्दै गणक, सडक कालोपत्र गर्दै कामदार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : स्थानीयका घरमा जनगणनाको विवरण संकलन गर्दै गणक, सडक कालोपत्र गर्दै कामदार

Artha Sarokar

३ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका–३मा स्थानीयका घरमा जनगणनाको विवरण संकलन गर्दै गणकदेखि घोराहीका भित्री सडकहरु कालोपत्र हुँदै । घोराहीमा सडक कालोपत्र गर्दै कामदारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

शुक्लाफाँटा नगरपालिका-३, स्थानीयका घरमा जनगणनाको विवरण संकलन गर्दै गणक ।

घोराहीका भित्री सडकहरु कालोपत्र हुँदै । घोराही–१५ भरतपुरको सडक कालोपत्र गर्दै कामदार ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-६ कोटमा स्थानीयवासीको बगानमा फलेका सुन्तला ।

म्याग्दीको बेनी-दरबाङ सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका-४ सिंगामा पहिरो पन्छाएर सडक विस्तार गरिँदै ।

पित्तलले छाएपछि चिटिक्क देखिएको म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर । नौ रोपनी चक्रसिलामा रहेको गलेश्वरधाम मुक्तिनाथ प्रवेश द्धारको रुपमा परिचित छ ।

खाँडाचक्र नगरपालिका-१ कालिकोट हुल्म नजिक नदीमाथि रहेको भीरको जोखिम सडक ।

जुम्लाको उत्पादित खुर्सानी वर्षभरिका लागि पुग्ने गरी वीरेन्द्रनगर–७ ईत्राम सुर्खेतमा सुकाएर राख्दै स्थानीय महिला ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ मा खरको छानासहितको घर । सरकारले खरका छानासहितको घरलाई विस्थापित गर्ने योजना रहिआएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी