×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको भीड, पाकेको धान भण्डारण गर्न दाइँ गर्दै किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको भीड, पाकेको धान भण्डारण गर्न दाइँ गर्दै किसान

Artha Sarokar

५ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले इलाका प्रशासन कार्यालय टीकापुरमा आइतबार सेवा लिन आएका सेवाग्राहीको भीडदेखि पाकेको धान घरमा लगेर भण्डारण गर्न दाइँ गर्दै किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

इलाका प्रशासन कार्यालय टीकापुरमा आइतबार सेवा लिन आएका सेवाग्राहीको भीड । कार्यालय बाहिर सेवाग्राहीका लागि प्रतीक्षा गर्ने ठाउँ नभएको र काममा ढिलाइ हुँदा सेवाग्राहीले निकै सास्ती भोग्नु परेको छ ।

खेतमा पाकेको धान घरमा लगेर भण्डारण गर्न दाइँ गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका कृषक । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन् ।

सङ्खुवासभाको चिचिला गाउँपालिकाबाट देखिएको विश्वको पाँचौ अग्लो मकालु हिमाल ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ।

पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको झलारी बजारको सडक छेउ बसेर जुता सिउँदै गरेका दलित समुदायका व्यक्ति । दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्ति सडक छेउमा बसेर जुता सिउँदै आएका छन् ।

पोखरा महानगरपालिका-२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ति ।

बागलुङ कुश्मिसेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१३ बलेवास्थित पहिरोग्रस्त सडक क्षेत्रमा फसेको ट्रिपर निकाल्दै डोजर ।

गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिर ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी