काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमादेखि बैतडीको मेलौलीमा बिक्रीका लागि राखिएका सुन्तलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार:
विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा । केही दिनमै काम सम्पन्न गरेर काष्ठमण्डप लोकार्पण गर्ने तयारी भएको पुनःनिर्माण समितिले जनाएको छ । भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा, सुन्तला बिक्री गर्दै बैतडीका किसान ।
बैतडीको मेलौलीमा बिक्रीका लागि राखिएका सुन्तला । पछिल्लो समय यहाँ सुन्तला लोप हुँदै गएका छन् ।
लालझाडी गाउँपालिकाको कञ्जका महिलाले कन्या जातको च्याउ खेतीका तयार पारिएका प्लाष्टिका थैला घरभित्र झुण्डाउँदै ।
शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसानको खेतमा फुलेको तोरी । बेमौसमी बर्षाले तोरी बालीमा क्षति पुर्याएपछि यस वर्ष तोरीको उत्पादन घट्ने अनुमान गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुलको रत्नेचौरतर्फको जिपको फाउण्डेसन खन्दै । तीन करोड ५० लाखको लगानीमा ढोडेनी खोला माथि बन्न लागेको पुल सय मिटर अग्लो हुनेछ ।
बैतडीको सतबाँझबाट देखिएको सुन्दर दृश्य ।
कैलालीको जानकी गाउँपालिका-४ मा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले आउँदो वर्षका लागि धानको बीउ भण्डारण गर्दै । बाढीका कारण यस वर्ष संस्थाले लक्ष्य अनुसारको धानको बीउ उत्पादन गर्न सकेको छैन ।