×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : पिठ्युमा बोकेर सामाग्री ढुवानी गर्दै गुर्जाली, रोजगारीको लागि विदेश जाने युवाको घुँईचो

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीलेमोटर बाटोले नछोएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा पिठ्युमा बोकेर निर्माण सामाग्री ढुवानी गर्दै गुर्जालीदेखि रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा काम गर्न विदेश जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लामबद्ध युवासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

मोटर बाटोले नछोएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा पिठ्युमा बोकेर निर्माण सामाग्री ढुवानी गर्दै गुर्जाली ।

रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा काम गर्न विदेश जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लामबद्ध युवा ।

शुक्लाफाँटा नगरपालिका-४ ढाणाँका थारु महिलाहरु सामुहिक रुपमा सामुदायिक पोखरीमा पालिएका माछा समात्दै । पोखरीमा पालिएका माछा बिक्री गरी थारु महिलाले सामाजिक तथा सांस्कृतिक कार्यमा रकम लगानी गर्दै आएका छन् ।

हनुमानढोका दरबार क्षेत्रको सम्पदामा तस्बिर खिच्दै विदेशी पर्यटक ।

जङ्गलको छेउमा घर छ, दाउराकै भर छ । घोराही–१ सुकीखोलाका स्थानीय वनबाट दाउरा ल्याउँदै । यहाँ मानिस दाउरामा खाना पकाउने गर्दछ्न ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतको कटकुवा माझगाउँमा लगाईएको तोरीबाली चिसोमा पनि राम्रोसँग फलेको छ ।

दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत पत्रेखोलामा निर्माणाधिन अवस्थामा रहेको पुल । छ बर्ष बितिसक्दा पनि पुल निर्माणको काम पूरा हुन सकेको छैन ।

भोजपुरको अरुण गाउँपालिकाका एक स्थानीयको बारीमा लटरम्म फलेको बयर । बयरलाई अचार बनाएर वा त्यतिकै पनि खान सकिन्छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: