×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बिक्रीका लागि तयार पारिएको बन्दा, धान र पराल छुट्याउँदै महोत्तरीका किसान

PRIME CA

देश बोल्ने फोटो कथा : बिक्रीका लागि तयार पारिएको बन्दा, धान र पराल छुट्याउँदै महोत्तरीका किसान

अर्थ सरोकार

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले व्याबसायीक रुपमा खेती गरिएको बन्दा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै घोराहीका किसानदेखि थ्रेसरको सहायताले धान र पराल छुट्याउँदै महोत्तरीका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

घोराही-१७ कर्जाहीमा व्याबसायीक रुपमा खेती गरिएको बन्दा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान।

महोत्तरीको जलेश्वर नगरपालिका-८ स्थित बजराही गाउँमा थ्रेसरको सहायताले धान र पराल छुट्याउँदै किसान ।

चितवन राष्ट्रिय निकुञ्जभित्र घडियाल प्रजनन् केन्द्रमा रहेका घडियाल गोही । प्रजनन् केन्द्रले घडियाल गोही उत्पादन गर्दै आइरहेको छ ।

म्याग्दीको देविस्थानमा बारीमा पाकेको कोदो । म्याग्दीका ग्रामिण क्षेत्रमा कोदो खेती गर्ने चलन बिस्तारै कम हुँदै गएको छ ।

कपडा पसल बेचेर ताप्लेजुङको फुङ्लिङ नगरपालिका९७ स्थित मुक्कुमलुङ मोल्टी कृषी फार्म स्थापना गरी बाख्रापालन र खेतीमा रमाउँदै स्थानीय किसान डिल्ली थेबे ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा हाते ट्याक्टरको सहायताले खेत जोत्दै एक किसान । पछिल्लो समय ग्रामिण भेगमा समेत कृषिमा आधुनिक यन्त्रको प्रयोग बढ्दै गएको छ ।

म्याग्दीको मालिका गाउँपालिका–७, बिमबाङ पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङरिख जोड्ने निर्माणाधीन झोलुङ्गेपुल ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: