काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकले आज मंगलबार कात्तिक २३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर १ गतेसम्म आवेदन पेश गर्न सक्ने भएका छन् । आवेदकले सानिमा क्यापिटल पुतलिसडक काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।