Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कमायो १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर नेटवर्थ कति ?

अर्थ सरोकार

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा १.४ प्रतिशतले बढी हो । यस्तै खुद बिमा शुल्क आर्जन पनि ९.८० प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ हजार रुपैयाँ पुगेको कम्पनीको जीवन बिमा कोषमा १५ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ कोषमा भने ११.३८ प्रतिशत गिरावट हुँदै ८० करोड २९ लाख ३९ हजार रुपैयाँमा सिमित भएको छ । यस्तै प्रतिसेयर आम्दानी पनि घटेर २० रुपैयाँ २८ पैसामा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ १५ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK