काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको १५.८७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर ९ बिहीबार गते अन्तिम दिन रहेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १० गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।
प्राइम लाइफले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले मंसिर १९ गते वार्षिक साधारण सभा डाकेको छ ।