काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमास ४ करोड ६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा २७.७३ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ६.२४ प्रतिशतले घटेर ९ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०२ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्