काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा १९.८७ प्रतिशतले बढ िहो । गत वर्ष यस कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कर्जा तथा अन्य लगानीबाट ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले बिमा कोषको आकार ८.१७ प्रतिशतले बढाएर २ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसको बिमा कोषमा २ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीले ७ करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ भने रिजर्भ कोषमा ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १ हजार २९२ रुपैयाँ ४६ पैसा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्