काठमाडौं । रु रु जलविद्युत परियोजनाले चालु आर्थिको वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ४.७३ प्रतिशतले बढी हो ।
गत वर्ष यसले ३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट आम्दानी ०.६६ प्रतिशतले बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ५ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत वर्ष ७५ लाख २८ हजार रुपैयाँ रहेको लागत घटाएर अहिले ४६ लाख ७४ हजार रुपैयाँमा झरेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ९३ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७३ पैसा रहेको छ र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २७ पैसा छ । हाल यसको चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्