×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित समता घरेलु लघुवित्तले बोलायो पुस ७ गते वार्षिक साधारणसभा

PRIME CA
GLOBAL IME BANK

२५ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित समता घरेलु लघुवित्तले बोलायो पुस ७ गते वार्षिक साधारणसभा

१२ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस ७ गते वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको साधारणसभा मिराबेल रिर्सोट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजेदेखि सुरु हुने भएको छ । सभाले कम्पनीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

साथै संस्थाको केन्द्रीय कार्यलय बनेपा ७ काभ्रेपलाञ्चोकमा स्थान्तरण गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २३ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: