काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा सो सेयर बाँडफाँड भएको हो । गोलाप्रथाबाट ६७ हजार ८ सय ९० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । कम्पनीको प्रति सेयर अंकित मुल्य १०० दरका सर्वसाधारणलाई छुट्याईएको ७३०००० कित्ता सेयरमध्ये १४६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६५०० कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ता साधारण सेयरहरुको कार्तिक १६ गते मंगलबार बाँडफाँड गरिएको छ ।
कम्पनीले २०७८ कार्तिक ४ गते देखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन खुल्ला गरिएको साधारण सेयरहरु मंगलबार बाँडफाँड गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको सेयरका लागि २१८८७७८ योग्य आवेदकमध्येबाट गोलाप्रथाको माध्ययमवाटक ६७८९० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५००००० कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४६०० कित्ता रसामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकिएको छ
कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस मर्चेन्टले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, सेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्