×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १८.१२ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साना किसान लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १८.१२ प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १६ करोड ५४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १८.१२ प्रतिशतले बढी हो अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्ज गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी ११.९० प्रतिशतलेले बढेर २९ करोड ९२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले २६ करोड ७४ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै सञ्चालन नाफा पनि १४.५६ प्रतिशतले बढेर २० करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी