×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा झापा र दाङमा संचालन, सहज बैंकिङ सुविधा पर्याउने विश्वास

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ शाखा झापा र दाङमा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको हो ।

बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ कारोवार सुरु गरेको छ । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै बैंकको कुल शाखा संख्या १०४ पुगेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।

 

 

 

 

 

 

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: