काठमाडौं । सानिमा बैंकले प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा संचालन गरेको छ । बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि संचालन गरेको हो ।
बैंकले ललितपुरको कुमारीपाटीमा आईतबारदेखि सो काउन्टर संचालनमा ल्याएको हो । बैंकले आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको जनाएको छ ।
सो प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको छ । कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्याम काजी अवालेले संयुक्त रुपमा गरेका हुन् । सो समारोहमा श्याम काजी अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । सानिमा बैंकले ११७ शाखा कार्यालय र ९७ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्