×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ७.६५ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा माई हाइड्रोपावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ७.६५ प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा २४ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षकोभन्दा ७.६५ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ०.९३ प्रतिशतले बढेर ३४ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले विद्युत बिक्रीबाट ३४ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै रिटेन्ड अर्निङ शीर्षकमा ९१ करोड ५० रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी