×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्टको सिन्धुपाल्चोक र काभ्रे जिल्लामा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL

सर्वोत्तम सिमेन्टको सिन्धुपाल्चोक र काभ्रे जिल्लामा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

२४ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वोत्तम सिमेन्ट लि. ले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट् प्रमुख ई.अभिषेक झाद्वारा ओ.पि.सि. सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराइएको थियो । साथै, घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा समेत जानकारी तथा तालिम प्रदान गराइएको थियो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।

आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न सर्वोत्तम सिमेन्ट उद्योगले नेपालमै पहिलो पटक एक्स-रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ । आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला-ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनालगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी