स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा सभागृह (सिटीहल) निर्माण गरिएको छ । गल्याङ ३ स्थित गल्याङबजार नजिक कूल तीन करोड ६६ लाख ३५ हजार ३४३ का लागतमा निर्माण भएको सो सभागृहको क्षमता ३०० जनाको छ ।
सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख इञ्जीनियर झपटबहादुर थापाले बिहीबार गल्याङ नगरप्रमुख भूपराज अधिकारीलाई सो सभागृह भवन हस्तान्तरण गरेका छन् । “गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्”, प्रमुख अधिकारी भन्छन्, “अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिइरहेका छौँ ।” रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सभागृह निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्