×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ४१ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ४१ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

Artha Sarokar

१२ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले ४१ हजार ८२७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । बैंकका संस्थापक सेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको २० हजार कित्ता र शंकर ज्ञवालीले १९ हजार ८२७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । उक्त सेयरमा सांग्रिलाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने भएका छन् ।

संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको मंसिर १२ गतेबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी