काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्तावसहित मंसिर २९ गते साधारणसभा बोलाएको हो । सभा महाराजा रिसोर्ट बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु हुने भएको छ । उक्त सभामा कम्पनीले ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.९३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि रहेको छ । यस्तै जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा/नोक्सान हिसाब पारित गर्ने एजेण्डा पनि रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्