काठमाडौं । शिवम् सिमेन्ट्सले कात्तिक २४ गते (सोमबार) वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा बिहान ११ बजे जुममार्फत सुरु हुने भएको छ । सभामा कम्पनीले २४.२१% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट समेत हुनेगरी २४.२१% लाभांश वितरण गर्न लागेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, कात्तिक १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।