काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको यसै अवधिकोभन्दा २८.२३ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले २९ करोड १ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी भने १४.४९ प्रतिशतले बढेर २ अर्ब २० करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
विभिन्न शीर्षकमा खर्चहरु पनि वृद्धि हुँदा खुद नाफा घटेको कम्पनीले जनाएको छ । कर्जा पदर्थको खपतमा भएको खर्च ८४ करोड ९३ लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यस्तै अन्य खर्च पनि १६ करोडबाट बढेर २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३८ पैसाबाट बढेर १८ रुपैयाँ ९३ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ५९ पैसा रहेको छ । कमपनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्