×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष ढकाल

Artha Sarokar

३ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धनबाट नै देशमा आर्थिक समृद्धि सम्भव रहेकाले देशका विविध सेवा तथा व्यवसायलाई ‘डिजिटलाइज’ गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले अबको युग सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दोरुपमा प्रविधिमैत्री बनाउन सुझाव दिए । विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड-१९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै ढकालले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई सूचना प्रविधिमा लैजान सकिने सम्भावनाको खाजी गरी त्यसतर्फ लैजान आग्रहसमेत गरे । उनी भन्छन्, “हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो, तर महामारीको समयमा यो हाम्रो जीविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्वीकार पनि गर्यौँ अब यसलाई थप संस्थागत गर्नुपर्छ ।”

उनले नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र यसलाई आगामी दिनमा प्रमुखताका साथ अघि बढाउने बता्रए ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी