काठमाडौं । समिट लघुवित्तले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले २५.२८ % बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत आर्थिक वर्षको नाफाबाट २५.२८ % बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र समिटको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो ।