काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । कम्पनलिे सर्वसाधारणहरुका लागि ३१ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो आइपीओ जारी गर्न कम्पनीले प्रभु क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धी सुपर मादी हाइड्रोपावर कम्पनी र प्रभु क्यापिटल लिमिटेड सम्झौता भएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको छ । आयोगबाट स्वीकृति पाए पश्चात नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासन अनुमतिका लागि निवेदन पेश गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्