पोखरा । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७७/०७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता /एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुको सम्मानार्थ आयोजित दुई दिने बिशेष समारोह पोखरा स्थित Mountain Glory Forest Resort मा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन शाखा कार्यालयका प्रमुख, विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई बिशेष तालिम प्रदान गरिएको छ । तालिममा जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालक समेत रहेका विवेक झाले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए ।
साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले मानव संशाधन तत्व अर्थात जनशक्ति कुनैपनि ब्यवसायको मेरुदण्ड रहेकोले विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई आफ्नो कार्यदक्षता कायम राख्न स्वअध्ययन र बिशेष तयारीका साथ आफ्ना मातहतका कर्मचारी तथा अभिकर्ताहरुलाई नियमितरुपमा तालिम तथा उत्प्रेरणा दिन आवश्यक रहेको प्रष्ट्याएका छन् । कार्यक्रमको दोश्रो दिन कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराइले पानसमा दियो बालि बिशेष सम्मान कार्यक्रमको उदघाटन गरेका थिए । उक्त कार्यक्रममा आ.ब. २०७७/०७८ का उत्कृष्ट २५ अभिकर्ता, उत्कृष्ट २५ एजेन्सी मैनेजर र २०२०/२०२१ मा MDRT बन्न सफल अभिकर्ताहरुलाई बिशेष सम्मान गरियो । साथै बिभिन्न बिधामा उत्कृष्टता हासिल गरेका शाखा कार्यालय, क्षेत्रीय कार्यालय तथा कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्