×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तको ११ हजार ७५३ कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वावलम्बन लघुवित्तको ११ हजार ७५३ कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला

Artha Sarokar

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर आज (बिहिबार)देखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ११ हजार ७५३ कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला गरेको हो । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सो सेयर खरीद गर्न योग्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाले मंसिर १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ६७५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

बोलपत्र मंसिर २ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी