काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तयि संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा १० करोड ५६ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षकाभन्दा १७.२५ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७७ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थियो । यस्तै सञ्चालन नाफा पनि २३.८३ प्रतिशतले घटेर १५ करोड ४४ लाख १२ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसले २० करोड २७ लाख १० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने १८.९५ प्रतिशले बढेर ३८ करोड ८६ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ले ३२ करोड ६७ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ८३ पैसामा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३०३ रुपैयाँ ०९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्