काठमाडौं । स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको वार्षिक साधारणसभा पुस १५ गते हुने भएको हो । सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
संस्थाले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनको लागि सहित ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । यसर्थ, संस्थाले १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।