रामपुर । तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग दिने भएको छ । नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न रु पन्ध्र लाख बराबरको ऋण सहयोग उपलब्ध गराइनेछ ।
नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । सो बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।
बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा बिनाधितो रु ५० हजारदेखि १५ लाखसम्म र धितो राखेर धितोको मूल्याङ्कनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारीदिनुभयो । नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्रमा उद्यमीलाई ऋण उपलब्ध गराइनेछ । यसै महिनादेखि बिनाधितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउनेछ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्