×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाटा मोटर्सद्धारा एक्सचेन्ज क्याम्प आयोजना, टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्परको साथमा एक्सचेन्ज बोनस पनि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टाटा मोटर्सद्धारा एक्सचेन्ज क्याम्प आयोजना, टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्परको साथमा एक्सचेन्ज बोनस पनि

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोआयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि मंसिर ०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वर देखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको हो । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याङ्कन प्राप्त गर्न सक्नेछन् । साथै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । यस्तै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु पनि रहेका छन् ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउँन कम्पनीले अनुरोधसमेत गरेको छ । विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सक्नेछन् वा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी