×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक राजस्व कार्यालयद्धारा ठूला करदातालाई सम्मान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आन्तरिक राजस्व कार्यालयद्धारा ठूला करदातालाई सम्मान

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ । दसौँं राष्ट्रिय कर दिवसका अवसरमा आज महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ ।

व्यवसयाी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कार्यालयका प्रमुख कर अधिकृत पुष्कर न्यौपानेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । त्यसैगरी दिवसका अवसरमा कर्मचारीतर्फ कार्यालयका नायब सुब्बा भीम विष्टलाई सम्मान गरिएको छ । “ हरेक वर्ष कर दिवसमा बढी आयकर तिर्ने व्यापारी तथा व्यवसायीलाई सम्मान गरिँदै आएको छ” सम्मानित नासु विष्टले भन्नुभयो ।

चालू आर्थिक वर्षमा दुई अर्ब ७१ करोड कर संकलन गर्ने लक्ष्य राखेको कार्यालयले हालसम्म ६९ करोड दश लाख कर संकलन गरेको जनाएको छ । “कोरोना कहरका कारण कर संकलनमा गिरावट आएको छ ।” उनीले भन्नुभयो,“कर संकलनको दायरा पनि कोरोनाको अवस्था सामान्य बन्दै गएसँगै बढिरेहको छ ।”-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी