Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथाः छठ पूजाका लागि विभिन्न देवीदेवताका मूर्ति निर्माण गर्दै मुर्तिकार, सहजपुर बजारमा फलफूल बिक्री गर्दै किसान

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घट्छन । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले धनगढीको मोहना घाटमा छठ पूजाका लागि विभिन्न देवीदेवताका मूर्ति निर्माण गर्दै गरेका मुर्तिकारदेखि अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्गको सहजपुर बजारमा फलफूललगायत तरकारी बिक्री गर्दै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

धनगढीको मोहना घाटमा छठ पूजाका लागि सूर्य, गणेश, शिवशङ्कर भगवानलगायत विभिन्न देवीदेवताका मूर्ति निर्माण गर्दै मुर्तिकार ।

अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्गको सहजपुर बजारमा बिक्री गर्न राखिएका फलफूललगायत तरकारी ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका-४ साब्लाखु गाउँमा वर्षाले ढालेको धान बाली ।

कञ्चनपुर-राजविराज जोड्ने सडक खण्ड अन्तर्गत सप्तरीको मैनाकडेरीमा रहेको पक्की पुल । पुल बनेको लामो समय भएपनि पुललाई सडकसँग नजोडीएका कारण स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ ।

महोत्तरीको जलेश्वर हटियामा छठ पर्वका लागि बाँसबाट निर्मित डालो (ढाकी), नाङ्गलो र टालु टपरी किनमेल गर्दै ।

भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित खुला ठाउँमा धान सुकाउँदै स्थानीयवासी ।

रामपुर नगरपालिका-५ स्थित बसपार्क नजिकै बारीमा पाकेको कोदोबाली ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ६- घितालमा निर्माण गरिएको नौमती बाजा पार्कबाट देखिएको नरसिङ्गा बाजासहित सादी पोखरीमा देखिएको माछापुच्छ्रे हिमालको प्रतिविम्व ।

माछापुच्छ्रे गाउँपालिका-६ घितालस्थित पोखरीडाँडाको नौमती बाजा पार्कमा निर्माण गरिएको लिङ्गेपिङ खेल्दै पर्यटक । पार्कमा लिङ्गेपिङले थप आकर्षण बनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK