×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथाः छठ पर्वका अवसरमा सजाईदै जानकी मन्दिर, पाकेको धान खेतबाट घर भित्र्याउँदै किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथाः छठ पर्वका अवसरमा सजाईदै जानकी मन्दिर, पाकेको धान खेतबाट घर भित्र्याउँदै किसान

Artha Sarokar

२४ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिरदेखि घोराहीमा पाकेको धान खेतबाट घर भित्र्याउँदै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर ।

घोराही- १३ सेवारका किसान पाकेको धान खेतबाट घर भित्र्याउँदै ।

पुनर्वास नगरपालिका- ९ सिताबस्ती भएर बग्ने दोदा नदीको बालुवा र माटोले पुरिएको उखु खेती । नदीको डुबान घटे पनि उखु पुरै पुर्दा किसानले घाटा व्यहोर्नु परेको छ ।

बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट बाग्लुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय ।छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् । बर्तालुले भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा समापन हुनेछ ।

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढीले क्षति पुर्याएको निर्माणाधीन मोटरेबल पुल । विसं २०७७ साउनको बाढीले निर्माणाधीन पिल्लर लडाएपछि यो पुलको काम अघि बढ्न सकेको छैन् ।धनुषाको पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिका-६, मालटोल सडकखण्डमा दुर्घटना भएको ना ६ ख ७१०२ नम्बरको यात्रुवाहक बस आगलागी भएपछि जलेर पूर्णरुपमा क्षति । बस दुर्घटनामा परी १२ यात्रु घाइते भएका छन् ।म्याग्दीको सदरमुकाम बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको लस्तीस्थित लस्ती फार्ममा पाहार (घाम) ताप्दै गरेका टर्की ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी