×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथाः विदेशबाट फर्केसँगै च्याउ खेतीमा रमाउँदै स्याङ्जाका युवक, गोलभेँडा बिक्रीका लागि बजार लगिदै

काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले विदेशबाट फर्केसँगै च्याउ खेतीमा रमाउँदै स्याङ्जाका एक युवकदेखि पाकेका गोलभेँडा बिक्रीका लागि बजार लग्दै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

स्याङ्जाको वालिङ नगरपालिका-२, धौखोलाका युवा व्यवसायी हरि अर्याल च्याउ टिप्दै । विदेशबाट फर्केसँगै अर्यालले दश हजार मुढामा सिताके च्याउ लगाउनुभएको छ ।

घोराही-१३, सेवारमा ज्योति पुन मगरले गर्नुभएको व्यावसायिक गोलभेँडा खेती । पाकेका गोलभेँडा बिक्रीका लागि टिपेर बजार लगिँदै ।

भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्दै पर्यटक । कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गएपछि विदेशी पर्यटकको आगमन बढ्दै छ ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको शुक्लाफाँटा नगरपालिका–४ स्थित सडक कालोपत्रे गर्न स्काभेटरको सहायताले सम्याउँदै।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि ठेक्का भएको छ वर्षसम्म पनि काम सम्पन्न नहुँदा धुलाम्य बनेको सडक । धुलाम्य सडकमा स्थानीयवासीले पानी हाल्ने गरेका छन् । सुस्त गतिमा काम भइरहेको सडकमा निर्माण व्यवसायीले भने पानी हाल्दैनन् । यसले गर्दा घर नभएका स्थानमा धुलो उडेर हिँडी नसक्नु हुने गरेको छ ।

बैतडीले श्रीकोटमा रहेको प्रसिद्ध भिटाकेदार मन्दिरमा दर्शनका लागि पुगेका दर्शनार्थी ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: