×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि भन्सार कार्यालय : अपरिचितको सामान नबोक्नुस् कारवाहीमा पर्नु होला !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

त्रिवि भन्सार कार्यालय : अपरिचितको सामान नबोक्नुस् कारवाहीमा पर्नु होला !

Artha Sarokar

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ ।
उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानूनबमोजिम कारवाही हुने स्पष्ट गरेको छ ।

यात्रुमा प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ ।

कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ । व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकैस्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने उल्लेख छ ।

व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने जानकारी दिइएको छ । अपरिचित व्यक्तिले दिएको मालबस्तुमा अन्य कुनै अवैध बस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन÷नल्याउन पनि सबैलाई अनुरोध गरिएको छ । अपरिचित वा सामान्य परिचित व्यक्तिले विभिन्न सामाग्री आफन्तलाई पुर्याइ दिन अनुरोध गर्ने र भन्सारमा जाँचका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परेमा सम्बन्धित यात्रुले नै कारवाही भोग्नुपर्ने व्यवस्थाप्रति भन्सार कार्यालयले सबै तह र तप्कालाई सजग गराएको छ ।- रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी