×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशी हाईड्रोपावरले ३ महिनामै कमायो ८६ करोड रुपैयाँ खुद नाफा, प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ १० पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अपर तामाकोशी हाईड्रोपावरले ३ महिनामै कमायो ८६ करोड रुपैयाँ खुद नाफा, प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ १० पैसा

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरले ३ महिनामै कमायो ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनी १ करोड ७८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । यस्तै कम्पनीले बिद्युत बिक्रीबाट १ अर्ब ७२ करोड रुपैयाँ कमाएको छ । गत वर्ष कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी शून्य रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ८ रुपैयाँ १२ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ४७ पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ १० पैसा रहेको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक २० ८ लाख ९१ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीले असार २१ गतेबाट दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा जोडीसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी