×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ट्रक यातायात व्यवसायी महासंघद्धारा भाडादर समायोजन गर्न माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल ट्रक यातायात व्यवसायी महासंघद्धारा भाडादर समायोजन गर्न माग

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघद्धारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गर्नुभएको हो ।

“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघबीच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

महासंघले चाडपर्वको सेरोफेरोमा डिजेलमा १०४ बाट १५ बढाएर ११९ पुर्याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी