काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा खुद नाफा ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत वर्ष सोही अवधिमा १ करोड ६६ लाख ५५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको खुद नाफा १९५.२७ प्रतिशतले बढी हो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७७ पैसाले बढेर ४७ रुपैयाँ ७५ पैसा पुगेको छ । गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा मात्र थियो ।