वीरगञ्ज । स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको सो रकमसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले वीरगञ्ज वडा नं १० का चन्दन कुमार साह र ओमप्रकाश गुप्ता पक्राउ परेका हुन् ।
घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना १६ प ५४४६ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई चेकजाँच गर्दा साहले बोकेको ब्यागमा स्रोत नखुलेको सो रकम फेला परेको उनले बताए । पक्राउ परेका दुवै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्