काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले पुस १८ गते चौथो वार्षिक साधारणसभा गर्ने भएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय बनेपामा बिहान ११ बजे हुने भएको छ । उक्त सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुने भएको छ ।
कम्पनीले हाल कायम जारी पुँजीको ३२.३७ प्रतिशत आइपीओ निष्कासन गर्ने भएको हो । यस्तै आदर्श मर्जर तथा एक्विजिसनका लागि पनि खुला देखिएको छ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्नेछ ।