काठमाडौं । लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय केडि टावर त्रिपुरेश्वर पाँचौ तल्लामा दिनको १:३० बजे हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तव पारित गर्नेछ ।