काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार गाविस सचिव, विद्युत प्राधिकरणको लेखाका कर्मचारी र नाम झुक्याएर परीक्षा दिई पास गरेका शिक्षकहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार महोत्तरीको तत्कालिन नमुना गाविस गौशालाका सचिव नगेश्वर राय यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गरी १२ लाख ८६ हजार रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
उनीमाथि आर्थिक वर्ष २०६७/६८ को सामाजिक सुरक्षा भत्ताको नक्कली भरपाई बनाई रकम दुरुपयोग गरेको आरोप छ । यस्तै विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । उनीमाथि ९ लाख ३१ हजार रुपैंया दुरुपयोग गरेको आरोप छ ।
साथै झुटा विवरण उल्लेख गरी शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेको आरोपमा अख्तियारले मनकला चौलागाई र मनिलाल आचार्यविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुमाथि त्यतिबेलादेखि अहिलेसम्म लिएको तलबको एकमुष्ट हिसाव गरी ६ लाख ७४ हजार रुपैयाँ विगो मागदावी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्