काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १०० वटा भएको ४९ बण्डल, ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्