सुर्खेत । अर्थ मन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटीअपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याएका हुन् ।
‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन, समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’ उनले भने, ‘सरकारले समुदायलाई पैंसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमा विकास हुन्छ । यसबारे बहस सुरु गरेको छु ।’ निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैंसा दिने र उनीहरुको सहभागितामाविकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास उनले व्यक्त गरेका छन् ।
मन्त्रीशर्माले कर्णाली प्रदेशबाट समाजवादको आधार तयार गर्नेगरी काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । कर्णाली प्रदेशका ८५ हजार पार्टी सदस्यहरु सवै उत्पादनको कार्यमा जोडिने र कोही पनि व्यक्ति अभावमा बाँच्नु नपर्ने गरी आत्मनिर्भरताको योजना बनाउन अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘पार्टीका कार्यकर्ता र सदस्यहरु खानलाउन नपाई रुँदै हिडेर समाजवाद आउदैन, हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुनुपर्छ । आत्मनिर्भर कार्यकर्ता भयो भने मात्र समाजवादी क्रान्तिमा योगदान गर्नसक्छ ।’ उनले भने ।
यस्तै पार्टीका हरेक कमिटीहरुले उत्पादनइकाई बनाएर आर्थिक उपार्जनको कार्यमा लाग्नुपर्नेमा मन्त्री शर्माले जोड दिए । आफूले २०६३ सालमै उत्पादन अभियान चलाउन आह्वान गर्दा त्यतिखेर कतिपयले खिसिट्यूरी गर्ने गरेको स्मरण गर्दै मन्त्री शर्माले भने ‘आजआएर पार्टीले सोहीलाईन लिएकोमा खुशीलागेको छ, अब यो लाईन राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ ।’
माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका नेता शर्माले पार्टीले प्रचण्डपथको विचार त्याग्ने तथा शान्ति र विद्रोहको दोधारे नीति लिने गल्ती गरेको कारण समस्या देखिएको टिप्पणी गरे । आगामी पुसमाहुने राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँविचार संश्लेषणसहित संगठनात्मक छलाङ्ग मार्ने विश्वास व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्